arrow-small-left Created with Sketch. arrow-small-right Created with Sketch. Carat Left arrow Created with Sketch. check Created with Sketch. circle carat down circle-down Created with Sketch. circle-up Created with Sketch. clock Created with Sketch. difficulty Created with Sketch. download Created with Sketch. email email Created with Sketch. facebook logo-facebook Created with Sketch. logo-instagram Created with Sketch. logo-linkedin Created with Sketch. linkround Created with Sketch. minus plus preptime Created with Sketch. print Created with Sketch. Created with Sketch. logo-soundcloud Created with Sketch. twitter logo-twitter Created with Sketch. logo-youtube Created with Sketch.

Health checks for women (Nepali) - महिलाहरूका लागि स्वास्थ्य परीक्षणहरू

नियमित रुपमा स्वास्थ्य जाँच गर्नको लागि आफ्नो डाक्टरलाई भेट्नु महत्त्वपूर्ण हुन्छ ताकि तपाईंको कुनै पनि अवस्थाबारे चाँडै पत्ता लगाउन र उपचार गर्न सक्नुहुन्छ। वर्षमा एक पटक सामान्य जाँच गर्न सिफारिस गरिन्छ। यदि तपाईं कुनै अवस्था वा रोगको उच्च जोखिममा हुनुहुन्छ भने, तपाईंले केही जाँचहरू धेरै पटक गर्न आवश्यक पर्छ।

मुटु परीक्षण

अष्ट्रेलियाली महिलाहरूको लागि मृत्युको प्रमुख कारण हृदय रोग हो। तपाईंमा हृदय रोगको विकास हुदैछ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ, त्यसैले नियमित जाँच गर्नु महत्त्वपूर्ण छ।

४५ वर्षको उमेर (वा आदिवासी वा टोरेस स्ट्रेट आइल्याण्डवासी महिलाहरूका लागि ३५ वर्षको उमेरदेखि) प्रत्येक दुई वर्षमा मुटुको स्वास्थ्य जाँच गराउन सिफारिस गरिन्छ। तपाईंको डाक्टरले तपाईंको रक्तचाप र तपाईंको कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जाँच गर्नेछन्। उनीहरूले तपाईंको हृदय रोगको जोखिम बढाउन सक्ने पारिवारिक र चिकित्सकीय इतिहास (जस्तै खानपिन, व्यायाम, धुम्रपान र मद्यपान) बारे पनि प्रश्नहरू सोध्नेछन्।

मधुमेह स्क्रीनिंग

मधुमेह एक गम्भीर अवस्था हो जहाँ रगतमा ग्लुकोज (चिनी) को मात्रा सामान्य भन्दा बढी हुन्छ। समय बित्दै जाँदा यसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ। तपाईंलाई कुनै लक्षण नदेखिएतापनि टाइप 2 मधुमेह हुन सक्छ। यदि तपाईंमा टाइप 2 मधुमेहको विकास हुने जोखिम कारकहरू, जस्तै त्यस्तो अवस्थाको पारिवारिक इतिहास वा उच्च रक्तचाप छन् भने तपाईंले कति पटक परीक्षण गर्नुपर्छ भनेर तपाईंको डाक्टरसँग कुरा गर्नुहोस्।

हड्डीको स्वास्थ्य जाँच

ओस्टियोपोरोसिस एउटा रोग हो जसको कारण हड्डीको घनत्व कम हुन्छ, शक्ति घट्दै जान्छ र सजिलै भाँचिन्छ। रजोनिवृत्ति पछि, तपाईंको हड्डीको घनत्व घट्दै जान्छ। तपाईंको डाक्टरले ४५ वर्षको उमेरबाट वर्षमा एक पटक हड्डीको स्वास्थ्य जाँच गर्न सिफारिस गर्न सक्छन्। तपाईंको ओस्टियोपोरोसिसको जोखिमको आधारमा, उनीहरूले प्रत्येक दुई वर्षमा हड्डीको घनत्व स्क्यान (DXA) गर्न सुझाव दिन सक्छन्।

स्तनको जाँच र स्क्रीनिंग

स्तन क्यान्सरको चाँडै पहिचान भयो भने सफल उपचारको सम्भावना बढ्छ।

स्वयम् गरिने जाँच

आफ्नो स्तन कस्तो देखिँदैछ र कस्तो महसुस हुँदैछ थाहा पाई राख्नुहोस्। हरेक महिना जाँच गर्नुहोस् र यदि तपाईंले कुनै असामान्य परिवर्तनहरू (जस्तै गाँठो वा तन्तु बाक्लो भएको) जस्तो लाग्यो भने आफ्नो डाक्टरलाई भेट्नुहोस्।

स्तन क्यान्सर स्क्रीनिंग गर्ने म्यामोग्राम (mammogram)

५० देखि ७४ वर्ष उमेरको बीचमा प्रत्येक दुई वर्षमा नि: शुल्क स्क्रीनिंग गर्ने म्यामोग्राम (स्तनको एक्स-रे) गर्नुहोस्। म्यामोग्रामबारे थप जानकारीको लागि, वा तपाईंको नजिकैको स्क्रिनिङ स्थान पत्ता लगाउन, 13 20 50 मा BreastScreen Australia मा सम्पर्क गर्नुहोस्।

आन्द्राको स्क्रीनिंग

आन्द्राको क्यान्सर एक साधारण क्यान्सर हो। यदि चाँडै पत्ता लाग्यो भने, त्यसबाट निको हुने दर राम्रो छ। यदि तपाईं ५० देखि ७४ वर्ष उमेरको हुनुहुन्छ भने, राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रमले तपाईंलाई प्रत्येक दुई वर्षमा निःशुल्क परीक्षण गर्ने सामग्री पठाउनेछ। घरमा नमूना लिनको लागि दिइएका निर्देशनहरू पालना गर्नुहोस्, त्यसपछि परीक्षणको लागि हुलाक मार्फत पठाउनुहोस्। थप जानकारीको लागि, 1800 627 701 मा National Bowel Cancer Screening Program लाई सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य

यदि तपाईंमा तीव्र उदासीपन, चिडचिडापन, थकान, चिन्ता जस्ता लक्षणहरू छन् वा निद्राको समस्या छ भने, सकेसम्म चाँडो आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्। यदि तपाईंले आफ्नो घनिष्ठ पाट्नरबाट हिंसाको अनुभव गर्दै हुनुहुन्छ र सहयोग चाहिन्छ भने, 1800 मा RESPECT (1800 737 732) लाई फोन गर्नुहोस्

पाठेघरको मुखको (सर्भिकल) स्क्रीनिंग परीक्षण

पाठेघरको मुखको क्यान्सर सबैभन्दा रोकथाम गर्न सकिने क्यान्सर मध्येको एक हो। पाठेघरको मुखको स्क्रिनिङ परीक्षणले तपाईंको पाठेघरको ह्युमन प्यापिलोमा भाइरस (HPV) को जाँच गर्छ, जुन धेरैजसो पाठेघरको मुखको क्यान्सरका कारण हुन्छ। पाठेघरको मुखको क्यान्सरबाट आफूलाई बचाउनको लागि नियमित रूपमा पाठेघरको स्क्रिनिङ गर्नु नै सबैभन्दा उत्तम तरिका हो। तपाईंलाई २५ देखि ७४ वर्षको उमेर सम्म हरेक पाँच वर्षमा एकपटक परीक्षण गर्न सिफारिस गरिएको छ। थप जानकारीको लागि, 1800 627 701 मा National Cervical Screening Program लाई सम्पर्क गर्नुहोस्।

यौन संचारित संक्रमण (STI) को स्क्रीनिंग

यदि तपाईं यौन सक्रिय हुनुहुन्छ, विशेष गरी यदि तपाईं कुनै सुरक्षाको प्रयोग बिना यौन सम्पर्क राख्नुहुन्छ (जस्तै कन्डम), भने तपाईंलाई STI लाग्न सक्छ। केही STI हरू का स्पष्ट लक्षणहरू देखिँदैनन्, जबकि अरू (जस्तै क्लामिडिया वा गोनोरिया) ले तपाईंको स्वास्थ्य र प्रजनन क्षमतालाई असर गर्न सक्छन्। तपाईंले कति पटक परीक्षण गर्नुपर्छ भन्नेबारे आफ्नो डाक्टरसँग कुरा गर्नुहोस्।

गर्भावस्था पूर्वको स्वास्थ्य जाँच

यदि तपाईं गर्भवती हुने योजनामा हुनुहुन्छ भने, तपाईं जति सक्दो स्वस्थ रहनु महत्त्वपूर्ण हुन्छ। तपाईंले सामान्य स्वास्थ्य, धुम्रपान र मद्यपान गर्ने बानी, तौल र खोपको स्थितिको मूल्याङ्कन गर्न गर्भावस्था पूर्व स्वास्थ्य जाँच गराउनु राम्रो विचार हो।

अन्य स्वास्थ्य जाँचहरू

अन्य सम्भावित स्वास्थ्य समस्याहरू जस्तै श्रवण, छाला, दृष्टि र दाँतबारे जाँच गर्न नियमित अपोइन्टमेन्टहरु लिनु राम्रो विचार हो। तपाईंले आफूलाई रोगबाट बचाउनको लागि नवीनतम् खोपहरूबारे अद्यावधिक रहन सक्नुहुन्छ।

थप जानकारी

थप जानकारी, स्रोत र सन्दर्भहरूका लागि, Jean Hailes health checks web page मा जानुहोस्।